सेयर मार्केट

नेप्स परिसूचक र कारोबारमा आज पनि नयाँ रेकर्ड

share market

२६ माघ, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा उल्लास छाएको छ ।

आइतबार ४६ अंकले बढेको सेयर बजार सोमबार ३७ अंक भन्दा धेरैले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ४८ अंकलेब ढेर २ हजार ५ सय ६१ दशमलव ४८ अंक्मा पुगेको छ । यो नेपाली सेयर बजारको हालसम्मकै उच्च अंक हो ।

आइतबारमात्रै नयाँ किर्तिमान कायम भएकोमा त्यसलाई तोड्दै पुनः नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम पनि १० अर्ब भन्दा माथि पुगेको छ । यो दिन बजारमा १ करोड ९३ लाख कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम १० अर्ब नाघेको हो । आइतबार बजार १० अर्ब १७ करोड रुपैयाँ बरारबरको छ । आइतबार एकै दिन १ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार भने बैंकिङ र विकास बैंक परिसूचक सबैभन्दा धेरै बढेको छ । यी दुवै उपसूचकहरुमा ३ प्रतिशत भन्दा धेरैको वृद्धि देखिएको नेप्सेले जनाएको छ । व्यापारमूलक, जलविद्युत् निर्जीवन बीमा, उत्पादनमूलक र माइक्रोफाइनान्स समूह भने आज घटेको छ ।

बजारमा आज १ सय ७४ कम्पनीमध्ये ७५ कम्पनीको मूल्य बढेको छ । ९३ कम्पनीको मूल्य घटेको छ भने बाँकी ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यो दिन प्रभु बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था गरी २ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । हिमालयन उर्जा हाइड्रोपावर र उन्नति सहकार्य लघुवित्तको कारोबार भने सबैभन्दा बढी ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस