विश्व/प्रवास

अफगानिस्तानमा हवाई आक्रमण, ६ तालिवान लडाकू मारिए

Afghanistan blast

२६ माघ, काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाई बलले गरेको आक्रमणमा परी कम्तीमा ६ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका सैनिक स्रोतले सोमबार पुष्टि गरेको छ ।

फर्याब प्रान्तको क्युएसार र सिरिन तागाब जिल्लामा भएको हवाई कारबाहीमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै १४ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ । आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतङ्ककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ ।

तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस