राजनीति

केपीलाई पाँचै वर्ष प्रधानमन्त्री खानुहोस् भन्ने मान्छे मै हुँ : प्रचण्ड

Prachanda

२६ माघ, काठमाडौं । नेकपा प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको कुर्सीका लागि कहिल्यै लुछाचुँडी नगरिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली गुटका मान्छेहरूले अनावश्यक प्रचार मात्रै गरेको उनको भनाई थियो ।

ओलीले पाँचै वर्ष प्रधानमन्त्री खाउन्, बरू आफू अध्यक्ष पदमै बसेर देशभर दुःख गर्न तयार रहेको भन्दापनि प्रधानमन्त्री पदका लागि झगडा गरेको भनी प्रचार गरेको दुःखेसो पोखे । एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै उनले भने, “यो पार्टीको आन्दोलन, विचार र संगठनलाई बदनाम गर्ने नियोजित षड्यतन्त्रको द्योतक हो ।”

अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारीहरू क्रान्तिकारी विचारलाई भुत्ते बनाउने र क्रान्तिकारी नेतृत्वलाई बदनाम गर्ने प्रयासमा रहेको पनि बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस