
२६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको स्वर रहेको नयाँ गीत ‘हामी नेपाल कम्युनिष्ट पार्टी’ सार्वजनिक भएको छ । गीतमा गायिका दाहाललाई गायक नवीन खड्काले स्वरमा साथ दिएका छन् ।
गीतमा गणतन्त्र र संघीयताको रक्षा गर्न र जनताको मुहार फेर्ने कम्युनिष्ट पार्टी नै भएको चर्चा गरिएको छ । नवीन खड्काको शब्द तथा तिलक ओलीको संगीत रहेको गीतमा तिलककै एरेन्ज रहेको छ । गीत भिडियो समेत बनाइएको छ ।
जसमा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम पछिको राजनीतिक पार्टीहरुले गरेको विरोध तथा प्रदर्शनका भिडियोहरु समेटिएको छ । गीतमा जनताको स्वस्थ्य, शिक्षा लगायत हरेक अवश्यकता पुरा गर्ने नेपाल कम्युनिष्ट पार्टी भएको समेत चर्चा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस