समाचार

नेपाल र बेलायत सम्बन्ध सुदृढ तुल्याउने प्रतिबद्धता

pradip gyawali

२६ माघ, काठमाडौं । नेपाल र बेलायतले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदबीच आज अपराह्न भएको भर्चुअल बैठकमा बहुआयामिक नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । उनीहरुबीच आपसी सहयोग, जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना, कोभिड–१९ महामारीलगायत विषयमा पनि छलफल भएको थियो ।

बेलायती राज्यमन्त्रीले सगरमाथा संवाद तथा मन्त्री ज्ञवालीले यसै वर्ष बेलायतमा आयोजना हुने कोप–२६ बारेमा छलफल गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस