समाचार

रौतहटमा स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक युवक पक्राउ

dilsad aalam

२६ माघ, रौतहट । रौतहटबाट स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

गौर नगरपालिका-४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका-१ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम सोमबार पक्राउ परेका हुन् । उनको साथबाट बिना नम्बरकोे स्कुटी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैयाँ बरामद भएको छ । रु. १ हजार दरका १८१०, रु. ५ सय दरका ४८०, रु. १ सय दरका ३००, रु. ५० दरका १८००, रु. २० दरका ९०१ र रु. १० दरका २०० वटा नोट बरामद भएको श्रेष्ठले बताए । मोहमद दिलसाद आलमको नाममा ३१ लाख १६ हजार उल्लेख भएको चेकसमेत बरामद भएको उनले बताए ।

बरामद रकमसहित उनलाई आवश्यक कार्वाहीका लागि सम्पति शुद्धिकरण आयोग काठमाडौं पठाइएको श्रेष्ठले बताए । नम्बर नभएको स्कुटी भने जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस