मुख्य समाचार

भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि

bhagarati hattya

२६ माघ, काठमाडौं । मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आज बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ ।

सो रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । यसअघि घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएको थियो ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेकी थिइन् । भागरथीको शरीरका विभिन्न अङ्गमा निलडाम र चोटपटक भएको तथा योनीबाट रगत बगेको र घाँटी निमोठिएको थियो ।

बलात्कारपछि हत्या भएको पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको जनाएको छ । घटना भएको दिन उक्त बाटो भएर हिँडडुल गर्ने व्यक्ति, सवारी साधनमा आवतजावत गर्ने व्यक्ति र शंका लागेका व्यक्तिलाई सोधपुछको काम भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए ।

भागरथीका आफन्तसँग सोधपुछ गर्नाका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेका छौँ, उनले भने, “शंकास्पद व्यक्तिलाई सोधपुछ गर्ने काम भइरहेको छ, यसमा स्थानीय बासिन्दाको पनि सहयोग आवश्यकता छ ।”

यस्तै  किशोरीको भेजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । यता शव परीक्षण भएको ३ दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन् ।

बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए । भागरथीको शव परीक्षणको कार्य शनिबार सकिएको थियो । भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *