समाचार

चरम गरिबी सहन नसकेर घर छाडेर हिँडेकी महिलाको शव नदीमा, सँगै गएका छोराछोरी बेपत्ता

Death Body

२७ माघ, काठमाडौं । दुई सन्तानसहित घरबाट निस्केकी एक महिला चार दिनपछि सुनकोसी नदीकिनारमा मृत भेटिएकी छन् । उनले सँगै लगेका १३ वर्षीया छोरी र ८ वर्षीया छोरा भने अझै बेपत्ता छन् ।

यही घटनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ डुँडभन्ज्याङ गाउँ शोकमा डुबेको छ । चरम गरिबी सहन नसकेर स्थानीय देवकी नेपाली छोरी सुस्मिता र छोरा सुजनसहित घरबाट बाहिरिएकी थिइन् । मजदुरी गरेर सन्तानको हेरचाह र हातमुख जोर्दै आएकी ३३ वषीया देवकीको शव सुनकोसी नदीमा डुबर मृत अवस्थामा भेटिएको हो ।

छोरी–छोराले लगाएका चप्पल भने नदीको किनारमा एकै ठाउँमा भेटिएको छ । दवकी गत शुक्रबार साँझ, दुई सन्तानलाई लिएर घरबाट निस्केकी थिइन् । ‘दैनिक मजदुरी गरेर परिवार चलाउँदै आएकी देवकीका पति गोपाल नेपाली पनि सँगै मजदुरी गर्छन् ।

तर, गोपालले अत्यधिक मदिरा सेवन गरेर घर व्यवहार नहेर्ने भएपछि गरिबीको चरम पीडामा परेकी देवकीले आत्महत्या नै गरेको गाउँलेको अनुमान छ,’ स्थानीय शंकर बरालले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *