मुख्य समाचार

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने

kp sharma oli

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । निर्वाचनको तयारी नेकपाभित्रको विवादलगायत विषयमा छलफल गर्न ओली आयोग जान लागेका हुन् ।

बिहान ११ बजे ओली आयोग जाने तयारी भएको नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

नेकपामा देखिएको विवादबारे छलफल गर्न निर्वाचन आयोगले ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५–५ जना नेतासहित आयोग आउन भनेको थियो । आयोगले दुवै अध्यक्षलाई बोलाएपनि दुवै पक्षले प्रतिनिधि मात्र पठाएका थिए ।

त्यसपछि नेकपाको आधिकारिकता दाबी गर्न नेकपा प्रचण्ड माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरू आयोग पुगेर राजनीति दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस