सुनचाँदी

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

gold

२७ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन तोलामा १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदी तोलामा १३४० रुपैयाँमा कारोबार भएको छ । सोमबार १३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३४० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *