मुख्य समाचार

राप्रपाले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने

raprapa

२७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

आज बिहान बसेको राप्रपा अध्यक्षत्रयको बैठकले आउँदो फागुन ७ गते सम्पूर्ण जिल्लाहरुमा सभा गरी पार्टीको झन्डा र चुनाव चिह्न अनावरण गर्ने र प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले समायोजन बाँकी रहेका जिल्लाहरूमा १ हप्ताभित्र समायोजन टुङ्गाउने, फाल्गुन १ र २ गते जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्ने र फाल्गुन ७ गते सम्पूर्ण जिल्लाहरूमा सभा गरेर पार्टीको झन्डा र चुनाव चिन्ह अनावरण गर्ने साथै प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको अध्यक्ष कमल थापाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस