सामान्य ज्ञान

पानीको यो चमत्कार !

drink water

२७ माघ, काठमाडौं । पानीमा कुनै क्यालोरी हुँदैन न त यसमा कुनै पोषण नै हुन्छ । तर पानीबिना मान्छेमा शक्ति नै रहँदैन ।

हाम्रो शरीरलाई चाहिने पानीको मात्रा चाहिनेभन्दा कम भयो भने नराम्राे असर पुग्छ । शरीरका काेषहरुमा पैदा भएका फोहरहरु रगतले राम्ररी बाेकेर मुटुसम्म ल्याउन सक्दैन । मृगाैलाले तिनलाई राम्ररी छान्न सक्दैन ।

शरीरिभत्र पैदा भएका फोहरहरु पिसाबकाे माध्यमबाट बाहिर निस्कन पाउँदैन । शरीरका विभिन्न अंगहरुले राम्ररी काम गर्न सक्दैन । हाम्रो शारीरिक र मानसिक शक्ति अति नै कमजोर पर्न जान्छ ।

त्यसैले, हामीले पानी पिउने बानी बसाल्नुपर्छ । तिर्खाले च्यापेपछि मात्रै हैन, बेलाबेलामा पानी पिउने बानी गर्नुपर्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस