कर्पोरेट

मेगा बैंकद्वारा जोर्डनमा ‘मेगा रेमिट’ सेवा विस्तार

mega remit

२७ माघ, काठमाडौं । मेगा बैङ्क नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेञ्ज र मेगा बैङ्कबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो ।

जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेञ्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् ।

अलाउनी एक्सचेञ्जबाट पठाएको रकम मेगा बैङ्कका सबै शाखा र देशभर छरिएका मेगा बैङ्कका ३२ सय भन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैङ्कले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *