२७ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार देशभर कोरोना संक्रमण्को कारण थप २ जनाको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।
मन्त्रालयका अनुसार मंगलबार चार हजार ३०९ जनामा गरिएको परीक्षणमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।
यो अवधिमा १६५ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस