
२७ माघ, काठमाडौं । सानिमा बैङ्क लिमिटेडले माघ २७ गते काठमाडौंको टोखा‐६ (ग्रान्डि हस्पिटल नजिकै)मा बैङ्कको कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन् ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे ।
उक्त अवसरमा मह जोडीले टोखामा सानिमा बैङ्कको कार्यालय संचालनमा आएकोमा बैङ्कलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैङ्कको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी, सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बैङ्कका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
टोखा शाखासँगै सानिमा बैङ्कको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा ए.टी.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस