कर्पोरेट

एनआईसी एशिया बैंकले ल्यायो ‘सेलिब्रेट लभ वीथ एनआईसी एशिया बैङ्क’

nic asia bank

२७ माघ, काठमाडौं । एनआईसी एशिया बैङ्कले भ्यालेन्टाइन्स डेका लागि ‘सेलिब्रेट लभ वीथ एनआईसी एशिया बैङ्क’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअनुसार बैङ्कले लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, क्यूआर भुक्तानी तथा आईजीपी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्नेछ । जसअन्तर्गत डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकहरूलाई नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेन्टाइन्स डेको दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्नेछ ।

माघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत पीओएसद्वारा भुक्तानी गर्ने र ई–कमर्शमार्फत कारोबार गर्ने ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकहरूलाई गोलाप्रथामार्फत डिनरको लागि समावेश गरिने बैङ्कले जनाएको छ ।

योजना अवधिभर ५ सयभन्दा बढीको कारोबार गर्ने ग्राहकहरूलाई मात्र गोलाप्रथामा सामेल गरिने बैङ्कले जनाएको छ । साथै सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ । काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट हुनका लागि पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिने बैङ्कले जनाएको छ । ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १/१ जनालाई बैङ्कले थप आकर्षक उपहारको व्यवस्था पनि मिलाएको बताएको छ ।

त्यसैगरी नयाँ ग्राहकहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्ने मध्येबाट प्रथम १०० जनालाई बैंकले रू. १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ । यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन । यस योजनाबाट ग्राहक महानुभावहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *