समाचार

आयोगलाई ओलीले भने – पहिलो अध्यक्ष हुँ, मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन

Kp oli election

२८ माघ, काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले निर्वाचनको समयमा दलभित्रको विवादमा प्रवेश गर्न नहुने बताएका छन् । निर्वाचनको तयारी बुझ्न मंगलबार आयोग पुगेका ओलीले आयुक्तहरूसँग यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफूले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर आयोगमा गरे । छलफलका क्रममा २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले आयोगले जेठ २३ गते नै यससम्बन्धी सूचना जारी गरेको स्मरणसमेत गराएका थिए ।

‘म एउटै दलको संसदीय दलको नेताका हैसियतले प्रधानमन्‍त्री भएको थिएँ । पुस ५ गते मेरो सिफारिसमा प्रतिनिधिसभा विघटन हुँदासम्म मेरो त्यो हैसियत कायमै थियो,’ ओलीले आयोगका पदाधिकारीसँग भने, ‘पहिलो अध्यक्ष हुँ । मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन । केही मान्छे बाहिरिएको हो । अहिले आएर विवाद गर्न मिल्दैन ।’

प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे आयोगलाई जानकारी गराएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस