समाचार

भागरथीको शव अझै अस्पतालमै

bhagrathi bhatta

२८ माघ, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान छाडेका छैनन् ।

बुधबार विद्यालय गएकी भागरथीको बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो । शव फेला परेको ६ दिन भइसक्दासम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्टले बताए । भागरथीको शवलाई अब काठको बाकसभित्र आइसमा राख्ने तयारी जिल्ला अस्पतालले गरेको छ । धेरै दिन भएकाले शव बिग्रने हुँदा सुरक्षित राख्न तयारी थालिएको अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले मंगलबारसम्म अनुसन्धानकै क्रममा रहेको र अहिलेसम्म कसैलाई नियन्त्रणमा पनि नलिएको बताए । ‘सोधपुछ चलिरहेको छ । अपराधीलाई चाँडै पत्ता लगाउँछौं,’ उनले भने । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदीसहित एसएसपी जनक पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ । धनगढीबाट ल्याइएको तालिमप्राप्त कुकुर पनि अनुसन्धानमा प्रयोग भइरहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस