खेलकुद समाचार

ला लिगा : गेटाफेलाई हराउँदै रियल मड्रिड दोस्रो स्थानमा

real madrit

२८ माघ, काठमाडौं । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियले म्यड्रिडले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडलाई सहज जित दिलाउनको लागि करिम बेन्जिमा र फर्लान्ड मेन्डीले १-१ गोल गरे । रियल म्याड्रिडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ६० औं मिनेटमा बेम्जिमाले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए ।

उनले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए । ६६ औं मिनेटमा मेन्डीले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए । जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले २२ खेलमा ४६ अंक जोडेको छ । रियल तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको ५१ अंक छ । गेटाफे २४ अंक जोडेर १३ औं स्थानमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *