फुटबल

इन्टर मिलानलाई स्तब्ध पारेर युभेन्टर पुग्यो फाइनलमा

Juventus

२८ माघ, काठमाडौं । युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । इन्टर मिलानलाई समग्रमा २–१ ले स्तब्ध पारेरे क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले फाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा युभेन्टसले मिलानलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो । युभेन्टस प्रतियोगिताको फाइनलमा पुगेको लगातार दोस्रो सिजन हो ।

मिलानका लागि रोमेलु लुकाकु र अच्रफ हाकिमीले दुईवटा सुन्दर अवसर गुमाएका थिए । यता, युभेन्टसका क्रिस्टियानो रोनाल्डोको दुईवटा प्रहारलाई इन्टरका गोलकिपर सामिर ह्यान्डानोविचले सुन्दर बचाऊ गरेका थिए ।

अब युभेले फाइनलमा एटलान्टा र नपोनीबीचको विजेतासँग १९ मेमा भिड्नेछ । गत सिजनको फाइनलमा नापोली युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस