गसिप

साउथ सुपरस्टार प्रभासले यी युवतीसँग विवाह गर्दै !

prabhas

२८ माघ, काठमाडौं । साउथ सुपरस्टार प्रभास ब्याक टु ब्याक थुप्रै फिल्ममा अभिनय गरेका कारण चर्चामा आइरहेका छन् । तर यसका साथै बाहुबली स्टारको लभ लाइफमा पनि धेरैले निगरानी गरिरहेका हुन्छन् । प्रभास साउथ सिने जगतका मोस्ट ह्यान्डसम ब्याचलर मानिन्छन् ।

उमेरको कुरा गर्दा ४० बर्ष कटेका प्रभासले अझै विवाह गरेका छैनन् । अहिले उनको विवाहको पनि चर्चा भइरहेको छ । लामो समयदेखि उनको नाम अभिनेत्री अनुष्का सेठ्ठीसँग पनि जोडिँदै आइरहेको छ । उनीहरुबीच प्रेमसम्बन्ध रहेको चर्चा भएपनि दुवैले केही बोलेका छैनन् । तर पछिल्लो समय प्रभासको अमेरिकाकी एक युवतीसँग विवाह हुने चर्चा चलिरहेको छ ।

भारतिय मिडियाका अनुसार प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग विवाह गर्ने योजनामा रहेको बताइएको छ । यो मागी विवाह हुने बताइएको छ । अहिले दुवै तर्फका परिवारको कुराकानी भएरहेको बताइएको छ । प्रभास छिट्टै विवाह गर्ने योजनामा रहेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस