मुख्य समाचार

भारतको उत्तराखण्डमा हिमनदी विस्फोटले क्षति पुर्‍याएकोमा राष्ट्रपतिद्वारा दुःख व्यक्त

bidya bhandari

२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेकी छन् । बुधवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राष्ट्रपति भण्डारीले शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् ।

‘मित्रराष्ट्र भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ भण्डारीले लेखेकी छन्, ‘यस घटनाबाट जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरूबीच अझ बलियो समन्वय जरुरी देखिएको छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस