मुख्य समाचार

प्रधानमन्त्रीका वकिलको प्रश्न– प्रतिनिधिसभा पुनःस्थापना गर्दा प्रधानमन्त्रीले संसद् बोलाउनु भएन भने के हुन्छ ?

supreme court

२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन निर्णयविरुद्धका मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायी बालकृष्ण न्यौपानेले प्रतिनिधिसभा पुनःस्थापना गर्न समस्या झन् बढी हुने बताएका छन् । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरे झन् समस्या आउने दाबी गरेका हुन् ।

बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्दै उनले विघटन सदर हुनुपर्ने बताए । ‘‘एउटै पार्टी सडकमा दुईतिर नारा लगाइरहेका छन् । एउटै पार्टीको सभामुख सरकारविरुद्ध रिट लिएर आउँछ । अब पुनःस्थापना गर्दा प्रधानमन्त्रीले हाउस बोलाउनु भएन भने के हुन्छ ?,’’ उनले भने, ‘‘श्रीमान्, यो संविधानले सबै कन्ट्रोल गर्ने अधिकार प्रधानमन्त्रीमा दिएको छ । यसकारण पुनःस्थापना गर्दा अझ बढी समस्या आउँछन् ।’’

संवैधानिक इजलासमा अहिले अधिवक्ता माधवकुमार बस्नेतले बहस गरिरहेका छन् । उनले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरिरहेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस