समाचार

देशघाती, जनघाती, पार्टीघाती ओलीलाई आत्मसमर्पण गर्न बाध्य पार्छौं : लीलामणि पोखरेल

prachanda nepal protest

२८ माघ, काठमाडौं । नेकपाका नेता लीलामणि पोखरेलले प्रधानमन्त्री ओलीले जनादेशको अपमान गरेको बताएका छन् । प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेकपाले गरेको विरोध प्रदर्शनमा पोखरेलले ओलीलाई आत्मसमर्पण गर्न बाध्य पार्ने बताए ।

पोखरेलले भने, “देशघाती, जनघाती, पार्टीघाती र संविधानघातीहरुलाई आत्मसमर्पण गर्न बाध्य पार्नेछौं ।” उनले प्रधानमन्त्री ओलीले जस्तो जनादेशको अपमान आफूहरुले नगर्ने र कुनै कमजोरी भएका भए त्यसका लागि पनि माफी माग्ने बताए ।

“जनताका बीचमा हामी कबुल गर्छौं हामी गल्ती गर्ने छैनौं,” पोखरेलले भने, “हामीले गल्ती गरेका छौं भने पनि जनतासँग माफी माग्न तयार छौं ।” पोखरेलले प्रधानमन्त्री भएपछि ओलीले पार्टी र जनता सबैमाथि घात गरेको बताए ।

“नेपाली जनताको विश्वासको पुरा गर्न दिएको जिम्मेवारी केपी शर्मा ओलीले उल्लंघन गरेका छन्,” पोखरेलले भने, “संसद् विघटनसँगै जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरु छायामा परेका छन् ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस