समाचार

ओलीलाई बालुवाटारबाट सडकमा फालिन्छ : सन्तकुमार चौधरी

chaudhary

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षका नेता सन्त कुमार चौधरीले असंवैधानिक कदम चाल्ने केपी ओलीलाई नेपाली जनताले बालुवाटारबाट सडकमा फाल्ने चेतावनी दिएका छन् ।

बुधबार ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन यस्तो चेतावनी दिएका हुन् ।

‘खवरदार केपी जी, जनता गाउँबाट उठिसके । तपाईलाई समाप्त पार्ने आन्दोलन उर्लिसकेको छ । २० लाख थारुले ओलीको असंवैधानिक कदमका विरुद्ध उठाएको झण्डा अव रोकिदैन । अव बालुवाटारबाट ओलीलाई सडकमा फाल्नेछ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस