
२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रधानमन्त्री केपी ओलीले जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई कुर्सीसँग साटेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध काठमाडौंमा आयोजित विरोधसभामा नेता शर्माले यस्तो बताएका हुन् ।
उनले अधिकार रक्षाका लागि जनता विद्रोहमा उत्रिने अवस्था आउनसक्ने बताए । सडकबाट संघीयता खारेज हुन नसक्ने बताउँदै प्रतिगमनविरुद्ध सबै जनता जाग्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस