
२८ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाही माग गर्दै बुधबार माइतीघरमा प्रदर्शन गरिएको छ । मञ्जुश्री असहाय संरक्षण केन्द्रले भागरथीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो ।
केन्द्रकी अध्यक्ष विना बस्नेतले अहिलेसम्म सरकारले कुनै पनि कदम नचालेको भन्दै हत्याको छानबिन गरी कारबाही गर्न माग गरेको बताइन् । ‘‘छोरीलाई निर्धक्क भएर हिँड्ने वातावरण मिलाइयोस्,” उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस