राजनीति

ओली कमजोर भएपछि पशुपति धाउन थालेः रघुजी पन्त

rugujit panta

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई हरेक कुरामा ढाँट्ने गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पन्तले ओली आलोचना गर्दा केपी क्वाँक्वाँ रोएको समेत बताए ।

ओलीलाई प्रश्न गर्दै उनले भने, ‘अस्ति नारायणहिटी गेटमा उभिएर मैले जति विकास कसैले गरेको छैन भन्नुभयो । काम गर्न खोज्दा प्रचण्ड र माधव नेपालले हात खुट्टा बाँधेर काम गर्न दिएनन् भन्ने कुरा पनि गर्नुभयो । कुन साँचो हो ?’ काम पनि धेरै गरेँ भन्ने गर्न दिएनन पनि भन्ने ? भन्दै उनले ओली कमजोर भएपछि पशुपति धाउन थालेको भन्दै पशुपतिले राजा वीरेन्द्रको परिवार समेत नजोगाएको स्मरण गराए । उनले ओलीलाई पशुपतिले नभइ जनताले मात्रै जोगाउन सक्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस