मुख्य समाचार

ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने एक मिनेट पनि अधिकार छैनः नारायणकाजी श्रेष्ठ

narayan kaji

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि प्रधानमनत्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन् ।

बुधबार ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै श्रेष्ठले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि वर्तमान सरकार वैधानिक रुपमा काम चलाउ सरकारमा परिणत हुने र राष्ट्रपतिले काम चलाउ घोषणा नगरेका कारण सरकार अवैधानिक भएको र अवैधानिक रुपमा प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नहुने उनले बताएका हुन् ।

‘यो संविधान अनुसार प्रधानमन्त्री चार वटा अवस्थामा पदमुक्त हुने व्यवस्था छ । प्रधानमन्त्रीको निधन भएमा, अविश्वाका प्रस्ताव पारित भएमा, राजीनामा दिएमा र संसदको सदस्य नभएमा स्वत पदमुक्त हुने व्यवस्था छ,’ श्रेष्ठले भने, ‘आफैंले असंवैधानिक ढंगले कमद चालेपछि अहिले ओली सरकार काम चलाउ हुनसक्थ्यो । तर यो सरकारलाई काम चलाउन पनि नभएका कारण अवैधानिक हो, अवैधानिक सरकारको प्रमुखलाई पदमा बस्ने अधिकार छैन ।’

उनले आफूहरुले तीन वटा लक्ष्य र एउटा मुल उद्देश्य लिएर आन्दोलन गरिरहेको बताए । पाँच गते विघटन गरिएको प्रतितिधिसभालाई सूचारु गराउने र लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउने, सरकारनै अवैधानिक भएकाले सरकारले संवैधानिक अंगमा गरेका नियुक्ती असफल बनाउने र समग्र अवैधानिक कामलाई खारेज गराउने आन्दोलनको मुल उद्देश्य रहेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस