
२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई तहसनहस गरेर मुलुकलाई दुर्घटनाको दिशामा लगेको आरोप लगाएका छन् । उनले ओलीलाई तानाशाहको संज्ञासमेत दिए ।
“दुनियाँका तानाशाहहरु झुटलाई पोलिस गरेर सत्यको दर्जासम्म पुर्याउने सामर्थ्य राख्छन् । तीमध्ये केपी ओली पनि एक हुन्,” नेकपा प्रचण्ड–नेपाल पक्षले बुधबार काठमाडौंमा गरेको विरोधसभामा उनले भने ।
उनले प्रधानमन्त्री ओली पनि तानाशाह हिटलरजस्तै जिन्दगीभर झुट बोल्ने पात्रको रुपमा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस