
२८ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा तीन जिल्लामा बुधबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उपत्यकाको भक्तपुरमा ६, ललितपुरमा ४ र काठमाडौंमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, यो अवधिका देशभर तीन हजार ५६७ को नमुना परीक्षणमा गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।
त्यस्तै, यो अवधिमा ११८ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ५५० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस