२८ माघ, काठमाडौं । कोरोना भाइरसका कारण यो महिना तेस्रोपटक शून्य मृत्यु भएको छ । बुधबार भएको शून्य मृत्यु माघ महिनामा भएको तेस्रो शून्य मृत्यु हो । मंगलबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको थियो ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार तीन हजार ५६७ को नमुना परीक्षणमा गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।
त्यस्तै, यो अवधिमा ११८ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ५५० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस