मुख्य समाचार

निर्वाचन आयोगले लक्षण राम्रो देखाएको छैन : प्रचण्ड

prachanda

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगको लक्षण राम्रो नदेखिएको बताएका छन् । काठमाडाैंमा बुधबार आयोजित विरोध सभालाई सम्बाेधन गर्ने क्रममा प्रचण्डले आयोगको पछिल्लो गतिविधि हेर्दा लक्षण गतिलो नदेखिएको बताएका हुन् । उनले ७० प्रतिशत केन्द्रीय सदस्यलाई हिसाब नरेर केपीको धम्क्याउनेबित्तैकै त्यसैको हिसाब गरेको बताए ।

केपी ओलीले गएर धम्क्याउनु भएछ, निर्वाचन आयोग अलिकति, आयोगका कोही कोही मान्छे खै के हो, अहिले अलि बढी नभनौँ, भन्यो भने बिग्रने हो कि?’, उनले भने, ‘तर, लक्षण निर्वाचन आयोगले गतिलो देखाएको छैन है ।’ उनले ७० केन्द्रीय सदस्य लिएर आफूहरु १० दिनमै आधिकारिक नेकपा दावी गर्न निर्वाचन आयोग गएको बताए ।

‘७० प्रतिशत केन्द्रीय समिति एकतिर हुँदाहुँदै, हामीले सुरुमै गएर हामी हो हामी हो पार्टी हो भनेको हो। त्यसलाई हिसाब नगर्ने, केपी ओलीले गएर धम्क्याउनेबित्तिकै त्यसको हिसाब गर्ने गर्नुभयो भने तपाईंको खुट्टी पनि देख्छ नेपाली जनताले’, उनले भने । उनले सजिलो नठान्न र नेपाली जनतालाई हेप्ने गल्ती नगर्न चेतावनी समेत दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस