प्रदेश १

जिम्मेवार व्यक्ति जवाफदेही बन्नुपर्छ : प्रदेश प्रमुख प्यासी

Somnath Adhikari

२८ माघ, काठमाडौं । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जिम्मेवार व्यक्ति जवाफदेही बन्नुपर्नेमा जोड दिएका छन् । सुनसरीको इटहरीमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले ३०औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा उनले जिम्मेवार व्यक्तिले जवाफदेही भए खण्डमा विद्यमान समस्या कम हुँदै जाने बताए ।

जिम्मेवारी लिन रस्साकस्सी गर्ने र जवाफदेही बन्ने ठाउँमा लुक्ने प्रवृत्ति बढेका कारण अनियमितता तथा भ्रष्टाचार बढेको तर्क गरे । अख्तियार भन्ने बित्तिकै दुई खालका व्यक्तिहरू तर्सिने गरेको उल्लेख गर्दै प्रदेश प्रमुख प्यासीले भने “अख्तियारदेखि बुझेका व्यक्ति र अर्को नबुझेको व्यक्ति तर्सिने गरेका छन् ।” उनले सबै जिम्मेवार व्यक्तिले अख्तियारको दुरुपयोग नगरिदिएको खण्डमा अनुसन्धान पनि गर्नु नपर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी, जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णाकुमारी विश्वकर्मा, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, इटहरी उपमहानरपालिकाका प्रमुख द्ववारीकलाल चौधरी, सुनसरीका प्रमुख जिल्ला अधिकरी फणिन्द्रमणि पोखरेल, कोशी गाउँपालिकाका प्रमुख अयुव अन्सारी, हरिनगर गाउँपालिकाका प्रमुख गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख मेहन्द्रप्रसाद यादव, विभिन्न सरकारी तथा स्थानीय निमुख तथा प्रतिनिधिले आयोगलाई सफलताको शुभकामना दिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस