मुख्य समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्यास पनि महँगियो

Nepal oil neegam

२८ माघ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाएको हो ।

योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

यसैगरी, खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको हो । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

बढाइएको मूल्यमा बिक्री गर्दा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा नोक्सानकै अवस्था रहेको निगमले जनाएको छ ।

oil nigam notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस