२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामुकमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ ।
नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोली पक्राउ गर्न बानेश्वर पुगेपछि जम्मा भएका समर्थकहरुले नाराबाजी र प्रदर्शन गरेका हुन् ।
झाँक्रीका समर्थकहरुले झाँक्रीको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नाराबाजी गरेका छन् । उनीहरुले झाँक्री हाईहाई, र केपी ओली बाईबाईको नारा लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस