मनोरञ्जन ताजा समाचार

रण दीलिपको कवितात्मक फिल्म ‘जुनेली’ सार्वजनिक

juneli

२९ माघ, काठमाडौं । सर्ट फिल्म ‘जुनेली’ सार्वजनिक भएको छ । थिएटर भिलेजका कलाकार रणदीलिपले कवितलाई लघु फिल्मको रुपमा प्रस्तुत गरेका हुन् । दीलिप स्वयंले लेखेको कवितामा प्रेमिकालाई जुनसँग तुलना गरिएको छ । फिल्ममा बियोगान्तक प्रेमकथा देखाइएको छ ।

फिल्ममा रण दीलिपका अलवा देशना थापा मगर, साजन कुमार सुनुवार, सौरभी राजभण्डारी, किरण खतिवडा र आयुष बोहराको समेत अभिनय रहेको छ । रणदीलिपकै निर्देशन रहेको फिल्म ‘जुनेली’को छायांकन विजय ताम्राकारले गरेका हुन्, भने सम्पादन रामकृष्ण परियार र विजय ताम्राकारको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस