मुख्य समाचार

प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड

Prachanda

२९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्राउ गरेको बताएका हुन् ।

‘कमरेड रामकुमारी झाँक्रीलाई पुलिसले हिजोदेखि पक्राउ गर्न बल गरेको थियो । तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो,’प्रचण्डको भनाई छ ।

‘हामीले रोक्न बल गर्यौं हिजो बेलुकासम्म पनि । उनीहरुले जबरजस्ती पक्राउ गरेर लगेका छन् । यो कम्युनिस्ट पार्टीप्रति हमला भएको छ’, प्रचण्डको भनाई छ । उनले यस घट्नालाई लोकतन्त्रको पक्षमा प्रखर विचार प्रकट गर्नेलाई प्रहार गरेको पनि बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस