२९ माघ, काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १६.२२ अंकले घटेर २५ सय २६.९२ को विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका कम्पनीहरु मध्य ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ । आज नेप्सेमा १ करोड ६० लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ८ अर्ब ४१ करोड रुपेयाँ बराबरको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै डिप्रोक्स लघुवित्तको ५६ करोड रुपैयाँँ बराबरको कारोबार भएको छ भने नविल बैंकको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस