२९ माघ, काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बैंकको २० करोड कित्ता सेयर बिहीबार सूचीकृत भएको हो ।
यसको सेयर कारोबार अब आइतबारबाट हुनेछ । सूचीकरण भएको दोस्रो दिनबाट कारोबार हुने नेप्सेले जनाएको छ । आज साताको अन्तिम कारोबार दिन हो । शुक्रबार नेप्से कारोबार हुँदैन । यसकारण पनि आइतबारबाट सेयर कारोबार हुनेछ ।
नेपालको इतिहासमै सबैभन्दा ठुलो आईपीओ जारी गरेको इन्फ्रास्टक्चरको पुँजी २० अर्ब पुगेको छ । बैंकले ८ अर्बको आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । आवेदन दिएका सबैले ५० कित्ता र केहीले गोलाप्रथाबाट ६० कित्ता सेयर हात पारेका थिए ।
प्रतिक्रिया दिनुहोस