मुख्य समाचार

बाबुराम भट्टराईको प्रश्नः के यो सरकारको काल आएकै हो ?

baburam bhattarai

२९ माघ, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको पालना र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने भन्दै प्रश्न गरेका छन् । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि बिहीबार ट्विट गर्दै भट्टराईले भनेका छन्, ‘यो सरकारको काल आएकै हो ?’

नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता दिएको उनले स्मरण गराएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा संविधानको धारासहति ट्वीट गर्दै भट्राइले– ‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ । नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ । संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’ भनेर प्रश्न गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस