समाचार

फागुन १२ गतेदेखि डा. केसी अनसन बस्ने

dr kc ansan

२९ माघ, काठमाडौं । डा. गोविन्द केसीले २० औं आमरण अनसनको घोषणा गरेका छन् । बिहीबार केसीले विज्ञप्ति जारी गर्दै फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गरेका हुन् ।

यस्तै उनले आफूसँग भएका कतिपय सम्झौताहरु कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका छन् । विज्ञप्तिमार्फत डा.केसीले भनेका छन्, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौँ । हाम्रा माग पूरा नभएमा फागुन १२ गते देखि सत्याग्रह सुरु गर्नेछौँ ।’

चिकित्सा शिक्षालाई गैरनाफामुलक बनाउनुपर्ने, सबै सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रावृत्ति कार्वान्वयन लगायतका चिकित्सा शिक्षा ऐनका प्रावधान कार्यावन्यन गर्न उनले विज्ञप्तिमार्फत माग गरेका छन् ।

dr kc notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस