
२९ माघ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको गैह्रीधारा स्थित ल्यान्डमार्क होटल, रिसोर्ट एन्ड स्पा बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका प्रमुख–बिजनेस सपोर्ट/पेमेन्ट सोलुसन्स सुरेशराज महर्जन र ल्यान्डमार्क होटल, रिसोर्ट एन्ड स्पाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सि।एन पाण्डेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले चितवन, पोखरा र काठमाडौंमा रहेको ल्यान्डमार्क होटल, रिसोर्ट एन्ड स्पामा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गमार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा ३५% सम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।