विश्व/प्रवास

अफगान सेनाको हवाई कारबाही, २७ तालिबान लडाकू मारिए

Afghanistan blast

२९ माघ, काठमाडौं । अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् । सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ ।

सेनाले हवाई कारबाही मुख्यतः नावा, नहर–ए–सेराज र गर्मसिर जिल्लामा केन्द्रित भएको जनाएको छ । कारबाहीमा लडाकूतर्फका हन्जला र बाराकात नाम गरेका कमान्डर पनि मारिएको सेनाको दाबी छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस