
२९ माघ, काठमाडौं । नेपालको विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एस २०,एस २० प्लस तथा ग्यालेक्सी नोट २०, २० अल्ट्रा फोनको प्रि–अर्डर गर्ने ग्राहकहरु मध्येबाट भाग्यशाली विजेताको घोषणा गरेको छ ।
सामसङ ग्यालेक्सी एस २०, एस २० प्लसको प्रि-अर्डर गरेकामध्येबाट टर्किस एयरलाइन्सको तर्फबाट बिजनेस क्लासको दुईतर्फी हवाई टिकट आस्मा रानाले प्राप्त गरेकी छिन् ।
यसैगरी ग्यालेक्सी वाच एक्टिभ २ आस्था राना तथा पारस श्रेष्ठ, दुई रात हिमालयन फ्रन्ट होटेलमा वा वाटरफ्रन्ट रिसोर्टमा वस्ने सुविधा अशेष श्रेष्ठ, विनोद वज्राचार्य तथा पुनितमान श्रेष्ठ, लेट् मिइनको पाँच हजारको कुपन मदनप्रसाद भण्डारी शर्मा तथा ईश्वर लगुनले प्राप्त गरेका छन् ।
यसैगरी ग्यालेक्सी नोट २०, २० अल्ट्रा फोनको प्रिअडर गरेर टर्किस एयरलाइन्सका तर्फबाट बिजनेस क्लासको दुईतर्फी हवाई टिकट विधान जोशीले हात पारेका छन् ।
ग्यालेक्सी बुड्स प्लस नारायणदास श्रेष्ठ, उज्जेनलाल श्रेष्ठ तथा दिग्विजय दुगर, दुई रात हिमालयन फ्रन्ट होटेल वा वाटरफ्रन्ट रिसोर्टमा बस्ने सुविधा जीवन मोक्तान तथा विक्की गुप्ता, लेट् मिइनको तर्फबाट १० हजारको कुपन युक्तर्थ अर्यालले प्राप्त गरेका छन् । सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले नेपालमा ग्यालेक्सी एस सिरिज तथा ग्यालेक्सी नोट मन पराउनेको संख्या अत्यधिक रहेको बताए ।