सुनचाँदी

सुन प्रतितोला ६ सय रुपैयाँले घट्यो, कतिमा हुदैँछ कारोबार ?

gold today price in nepal

३० माघ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ओरालो लागेको छ ।

आज सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा ६ सयले कम हो । बिहीबार सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चादीँ प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय १५ रूपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस