
३० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली गएका हुन् । ‘स्वास्थ्य परीक्षणका लागि जानुभएको हो । चार दिनपछि फर्कनुहुन्छ’, खनालका सहयोगी कृष्ण भट्टराइले जानकारी दिए । खनालले नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस