गण्डकी प्रदेश

प्रदेश प्रमुख शेरचनद्वारा सोनाम ल्होछारको शुभकामना

amik sherchan

३० माघ, कास्की । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले विभिन्न पर्व र संस्कृतिले नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै एकता र सहमतिका लागि सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालका आदिवासी जनजाति तामाङ समुदायका सांस्कृतिक पर्व २८५७ औँ सोनाम ल्होछार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन् ।

शुभकामना सन्देशमा उनले यस वर्ष मुसा वर्गको बिदाइ गरी गाई वर्गको स्वागतमा सोनाम ल्होछार पर्व मनाइँदैछ । यो पर्व नेपालका तामाङ, ह्योल्मोलगायतका आदिवासी जनजाति समुदायले समेत मनाउने गरेको उल्लेख गरेका छन् ।

नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विविधता भएको मुलुक भएको बताउँदै प्रदेश प्रमुख शेरचनले यस्ता सांस्कृतिक चाडपर्वले आम नेपालीबीचको राष्ट्रिय एकता र आपसी सद्भावलाई बलियो बनाएको बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस