कर्पोरेट

केएल टावरमा भ्यालेन्टाइन लक्षित मेला सुरु, फागुन ८ सम्म चल्ने, ५० प्रतिशतसम्म छुट

shopping mall offer

३० माघ, काठमाडौं । चाबहिलस्थित सपिङ मल केएल टावरमा भ्यालेन्टाइन डे लक्षित सामानहरुको खरिदमा ५० प्रतिशत छुटको अफरसहित शुक्रबारदेखि नौ दिने मेला सुरु भएको छ ।

फागुन ८ गतेसम्म चल्ने मेलामा ४० वटाभन्दा बढी आउटलेटहरु छन् । यहाँ बालबालिकादेखि वयस्कसम्म सबै उमेरका लागि लुगा-कपडाहरु बिक्रीमा राखिएका छन् । सामानहरुका कम्पनी र ब्रान्डअनुसार ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

मेलामा इलेक्ट्रोनिक्स सामानहरुका पनि स्टल छन् । मोबाइल, घडी र ब्यागहरुमा पनि छुटको अफर छ । मेलामा पुग्नेका लागि बिभिन्न इभेन्टहरु पनि राखिएको छ । यसमा ग्राहकले ५ हजारभन्दा बढी मूल्यका सामान खरिद गर्दा दुई वटा फिल्म टिकट पाउने व्यवस्था छ । भ्यालेन्टाइन डेलाई लक्षित इभेन्टमा कस्टमरका लागि गुलाफका फूल, बेलुन र क्यान्डीहरु फ्रीमा बाँडिएको छ ।

shopping mall offer

बच्चाहरुका लागि फेस पेन्टिङ पनि राखिएको छ। मलमा १२ बजेपछि ग्राहक अन्तरक्रिया कार्यक्रमहरु पनि छ। यस इभेन्टसका लागि भ्याली एक्सप्रेसले ५० प्रतिशत छुटका कुपनहरु राखेको छ ।

कोभिडका कारण लामो समयसम्म मलहरुमा कुनै पनि इभेन्टहरु सञ्चालन भएका थिएनन् । जसले गर्दा भ्यालेन्टाइनको अवसर पारेर मलमा विशेष छुटसहितको इभेन्ट गरेको केएल टावर मलका मार्केटिङ म्यानेजर हिरामणि तिमिल्सिनाले बताए । मललाई सिंगारिएको छ ।

स्टलहरूमा बेलुन राखिएका छन् । ग्राहकका लागि मलमा आउँदा रमाइलो वातावरण बनाउन आकर्षक सजावट गरिएको छ । कोभिडले प्रभाव पारेको व्यवसायलाई न्यु नर्मलतर्फ फर्काउन भ्यालेन्टाइन डेको अवसर पारेर कार्यक्रमहरू आयोजना गरिएको तिमिल्सिनाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस