
३० माघ, पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पुनलाई रुघाखोकी र ज्वारो लगायतका समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी मन्त्री पुनसँगै सामाजिक मन्त्रालयका सचिव बिनोद कुँवरलाइ समेत कोरोना संक्रमण पुष्टि भएपनि उनी समेत आइसोलेसनमा भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पुन र सचिव कुँवर प्रदेश सरकारले बनाएको गण्डकी प्रदेशको एकमात्र संक्रामक तथा सरुवा रोग अस्पताल सिसुवाको आइसोलेसनमा भर्ना भएका हुन् ।
प्रतिक्रिया दिनुहोस